प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि ३२ गतेसम्म युरोप भ्रमणमा जाने

<span class='c1'>प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५</span> <span class='c2'>गतेदेखि ३२ गतेसम्म युरोप भ्रमणमा जाने</span>

काठमाडौँ, जेठ २० गते । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि ३२ गतेसम्म युरोप भ्रमणमा जानुहुने भएको छ ।  परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीले आठदिने युरोप भ्रमणका क्रममा स्विजरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस क्रममा प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओको शतवार्षिकीको विशेष समारोहलाई सम्बोधन गर्नुहुने छ । जेनेभामा रहँदा साइडलाइनमा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।

त्यस्तै उहाँले जेठ २७ देखि २९ गतेसम्म बेलायतको भ्रमण गर्नुहुने कार्यक्रम छ । भ्रमणका क्रममा जेठ २८ गते उहाँले बेलायती प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्नुहुने छ ।
त्यस अवसरमा प्रधानमन्त्रीले नेपालले हासिल गर्न लागेको विकासको दिशा र समग्रमा हामीले जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने खालको ‘फङ्सनल डेमोक्रेसी’का विविध आयामबारे सम्बोधन गर्ने कार्यक्रम छ । साथै, बेलायतमा रहँदा प्रधानमन्त्री ओलीले बेलायती संसदीय समितिलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–फ्रान्सबीचको दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम तय गरिएको छ । साथै, नेपाल र फ्रान्सबीच लामो समयपछि उच्चस्तरीय भ्रमण हुन लगेकाले सम्बन्धलाई अझ घनिष्ठ बनाइने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।
उहाँले नेपालमा फ्रान्सेली लगानीका विषयमा पनि छलफल हुने र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम हुन लागेको तथा त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुने छ । बेलायतसँग नेपालको युगौँ पुरानो सम्बन्धका बारेमा सिंहावलोकन गर्नुका साथै सबन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास पनि व्यक्त गरिएको छ । त्यस्तै बेलायतमा कार्यरत ब्रिटिस गोरखा सैनिकको विषयमा पनि
छलफल हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

‘नेसनल डाइलग’ आयोजना गरिने
यसैगरी आगामी असार १४ गते देशले अवलम्बन गर्ने परराष्ट्र नीतिबारे देशभित्र एक साझा दृष्टिकोण तयार पार्ने उद्देश्यले पराष्ट्र नीतिसम्बन्धी ‘नेसनल डाइलग’ आयोजना गरिने भएको छ ।
नयाँ संविधान जारी भएपछि उक्त संविधानले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी निर्देशक नीतिको उल्लेखसमेत गरेको सन्दर्भमा नेपालका राजनीतिक दलहरू, परराष्ट्र मामिलाका क्षेत्रमा अध्ययन तथा अनुसन्धानरत संस्थाहरू एवं परराष्ट्र मामिलाविज्ञहरू सहितका सरोकारवालाहरूको सहभागितामा सो डाइलग हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्