देशका धेरैजसो ठाउँमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

देशका धेरैजसो ठाउँमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाण्डाै , २० जेठ । साेमबार देशका धेरैजसो ठाउँको मौसम बदली भएर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

केही ठाउँमा बिहानैदेखि बद्ली भएर पानी परिरहेको छ भने केही ठाउँमा अहिले आशिंक बद्ली भएको र दिउँसोपछि मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

भोलि पनि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्