नेपालका दुई प्रतिस्पर्धी प्रितम र आयुष ‘सारेगमप लिटल च्याम्प’ को फाइनलमा

नेपालका दुई प्रतिस्पर्धी प्रितम  र आयुष   ‘सारेगमप लिटल च्याम्प’ को फाइनलमा

काठमाडौँ, २० जेठ । भारतीय टेलिभिजन रियाली शो ‘सारेगमप लिटल च्याम्प’ को फाइनलमा पुगेका छन् नेपालका दुई प्रतिस्पर्धी प्रितम आचार्य र आयुष केसी । शो का निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुषसहित ६ जना आउँदो फाइनलमा पुगेका हुन् ।

बालबालिकाबिचको भारतीय गायन रियालिटी शो सारेगमप लिटल च्याम्प जी टिभीमा हरेक शनिबार र आइतबार बेलुका प्रशारण हुँदै आएको छ । आइतबार राति भएको सेमिफाइनलमा ९ प्रतिस्पर्धीमध्ये तीनजना एलिमिनेशनमा परे ।

नेपालका आयुष र प्रितमले अन्तिम ६ अर्थात फाइनमा स्थान बनाएका हुन् । उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका हुन् ।

यो प्रतिस्पर्धामा १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको सहभागिता रहन्छ । यो वर्ष नेपालका ८ प्रतिस्पर्धी सहभागी थिए । १२ वर्षका आयुष र ११ वर्षका प्रितम कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएर टप ३० मा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्