झापामा आगलागीबाट ५ लाख बराबरको क्षति

<span class='c1'>झापामा आगलागीबाट ५</span> <span class='c2'>लाख बराबरको क्षति</span>

झापा, जेष्ठ २० गते ।

झापाको अर्जुनधारा नगरपालिका-८ बस्ने गोपी पोर्तेलको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । आइतवार राती साढे ८ बजे पोर्तेलको टिनको छानो भएको १ तले घरको भान्छा कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा घर सहित घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।

उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती ९ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्