सुनसरीको भुटाहा ईदगाह जहाँ ३० हजार बढी एकै ठाउँमा नमाज पढ्छन्

<span class='c1'>सुनसरीको भुटाहा ईदगाह जहाँ ३० हजार</span> <span class='c2'>बढी एकै ठाउँमा नमाज पढ्छन्</span>

नसीम अन्सारी
सुनसरी (भुटाहा), २१ जेठ । सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा अवस्थित सबैभन्दा ठुलो मुस्लिम समुदायको नमाज पढ्ने ईदगाह रहेको छ । यस ईदगाहमा ३० तीस हजार भन्दाबढी मुस्लिम धर्मालम्बीहरुले नमाज पढ्ने गर्दछन् ।

सुनसरी जिल्लाको दक्षिण क्षेत्रमा भुटाहामा ७५ दशमलव ५ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको छ। सुनसरी दक्षिण क्षेत्र भुटाहा सबैकुरामा पछाडि पारिएको स्थानीय बताउँछन् ।
नेपालकै सबैभन्दा ठुलो मुस्लिम समुदायको नमाज पढ्ने ईदगाह भुटाहाबासीको पहिचान तथा गौरवको रुपमा स्थापित रहेको ईदगाह समितिका अध्यक्ष हाजि इद्रीस अन्सारीले बताए । इदगाह समिति सचिव सेराज फलाहीले यसको प्रचारको लागि यो बर्षदेखि कार्यक्रम थालिएको बताए । देशकै सबैभन्दा ठुलो ईदगाह भुटाहामा रहेको कुरा सबै माझ पुर्याउन सकियो भनेपनि भुटाहालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुने उनको भनाई छ ।
ईदगाहासँग जोडिने पर्ब
मुस्लिम धर्मावलम्बी बिहानै नयाँ वस्त्रधारण गरी नवाज पढी एक अर्कावीच खुसियाली साटासाट गरी इद पर्व मनाउदै ईदगाह पुग्छन् । इदको अवसरमा नवाज बढ्न इदगाह तथा मस्जिदमा मुस्लिमहरुको बाक्लो उपस्थिति रहन्छ । इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवास बसेर पर्ब मनाउने चलन छ । एक महिना लामो रोजापछि चन्द्रमाको दर्शन गरेर रोजा पर्व सम्पन्न हुन्छ । रोजा सम्पन्न भएको भोलि पल्ट इद उल फित्र मनाउने गरिन्छ ।
रोजा पर्वका अवसरमा कुरान पाठ, अल्लाहको एवादत गर्ने, झुटो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखेर मनाउने गरिन्छ । मुस्लिम धर्मावलम्बीहरुले देशमा दीगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गर्ने गरेको छ । इदुलफित्रको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा पनि दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्