रिङरोडमा प्रतिघण्टा ५० किमिभन्दा स्पिड सवारी चलाउन नपाइने

<span class='c1'>रिङरोडमा प्रतिघण्टा ५० किमिभन्दा</span> <span class='c2'>स्पिड सवारी चलाउन नपाइने</span>

काठमाडौं, २१ जेठ। काठमाडौंको कोटेश्वर सडकखण्डमा बढी गतिका कारण दुर्घटना बढेपछि प्रहरीले ‘स्पिड गन’ राख्ने भएको छ । सवारी साधनको गति चेक गर्नका लागि ‘स्पिड गन’ राख्न लागिएको प्रहरीले जनाएको छ । आठ लेन रहेको उक्त सडक गतवर्ष फागुनबाट सञ्चालनमा आएको थियो । त्यसयता मात्रै उक्त सडकखण्डमा भएको दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने २३ जना गम्भीर घाइते भएका छन् । ट्राफिक महाशाखाका अनुसार यो अवधिमा दुर्घटनामा घाइते हुनेको संख्या छ सय बढी छ ।

अर्कोसाताबाट उक्त सडकखण्डमा रहेका ट्राफिकले ‘स्पिड गन’ का माध्यमले तीव्र गतिमा सञ्चालनमा आएका सवारीसाधनलाई कारबाही थाल्ने भएको छ । प्रहरीका अनुसार मुख्य लेनमा प्रतिघण्टा ५० को गति हुनुपर्नेछ भने सहायक लेनमा २० किमिभन्दा बढी गतिमा चलाउन पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्