महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गर्ने अर्जुन क्षेत्री पक्राउ

महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गर्ने अर्जुन क्षेत्री पक्राउ

काठमाडौं, २१ जेठ। नेपालमा महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गरेर जनमासलाई त्रसित बनाएको आरोपमा अर्जुन क्षेत्री पक्राउ परेका छन् ।

३६ वर्षीय क्षेत्रीलाई गौशाला क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीले बताए ।
क्षेत्रीले युट्यूव भिडियोमार्फत् जेठ महिनाभित्र विनाशकारी भूकम्प जाने भविष्यवाणी गर्दै आएका थिए । सर्वसाधारणमा भ्रम सिर्जना गरी अफवाह फैलाएको आधारमा उनीमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको वोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्