‘को बन्छ करोडपति’को पहिलो सिजन सकियो, केही महिनामै सिजन दुई

‘को बन्छ करोडपति’को पहिलो सिजन सकियो, केही महिनामै सिजन दुई

काठमाडौं, २१ जेठ । नेपालमा पहिलोपटक भित्रिएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ को पहिलो सिजन सकिएको छ । नायक राजेश हमालले होस्ट गरेको कार्यक्रम ५२ श्रृंखला प्रशारण भएको थियो ।

‘को बन्छ करोडपति’को पहिलो श्रृंखलामा एक जना सहभागीले एक करोड रुपैैयाँ जित्न सफल भए । मोरङका राजीव जैनले १५ वटै प्रश्नको जवाफ मिलाएर एक करोड रुपैयाँ जितेका थिए । ‘को बन्छ करोडपति’को सिजन टु पनि प्रशारण हुने भएको छ । ‘को बन्छ करोडपति’ को अन्तिम सोमा प्रस्तोता राजेश हमालले सिजन टु पनि आउने घोषणा गर्दै सहभागिता जनाउनका लागि अहिलेबाटै पढ्न सुरु गर्न दर्शकलाई आग्रह गरेका छन् ।

‘को बन्छ करोडपति’का प्रमुख कार्यकारी अधिकृत विपीन आचार्यले तीनचार महिनामा दोस्रो सिजन प्रशारण सुरु गरिने बताए । “मिति निश्चित भएको छैन तर तीनचार महिनामा दोस्रो सिजन लिएर आउने छौं,” उनले बाह्रखरीसँग भने, “दोस्रो सिजनमा आउँदा सहभागिले ‘को बन्छ करोडपतिकै लागि भनेर अहिले देखि नै तयारी गर्ने हामीले अपेक्षा गरेका छौं, त्यसैले दोस्रो सिजनमा सहभागीले पहिलो सिजनको भन्दा धेरै रकम जित्नु हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्