काठमाडौँ, २१ जेठ । आफ्नै छोरीलाई खुर्पा प्रहार गरी घाइते बनाउने बुवालाई प्रहरीले पक्राउ गरेको छ।
१९ वर्षीया छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका १४ आमबोटेका ४५ वर्षीय बुवा बलराम ओस्तीलाई प्रहरीले पक्राउ गरेको हो।
सुनिताको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी थप उपचारका लागि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।