दिनभर देशभरको मौसम कस्तो रहला बुधबार आंशिकदेखि सामान्य बदली हुने

<span class='c1'>दिनभर देशभरको मौसम कस्तो रहला </span> <span class='c2'>बुधबार आंशिकदेखि सामान्य बदली हुने</span>

काठमाडौँ, २२ जेठ । देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानको मौसम बिहानैदेखि बदलीको अवस्थामा रहेको मौसमविद गंगा नगरकोटीले बताएकी छन् ।

केहीबेर मौसम खुलेको जस्तो भए पनि फेरि बदली हुनेछ । अपराहन्न वा साँझतिर पूर्व र मध्यका केही स्थान तथा पश्चिम पहाडका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद नगरकोटीले बताइन् । यस्तै हावाहुरी चल्ने सम्भावना पनि छ ।

काठमाडौँ उपत्यकामा भने फाट्फुट् पानी पर्ने सम्भावना रहेको उनले बताइन् । प्रि मनसुन तथा बंगालको खाडीबाट जल वाष्पयुक्त वायु सतही रुपमा आएकाले केही दिनदेखि मौसम बदली भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्