फेरी विवादमा ईटहरीका मेयर : सार्वजनिक रुपमा माफी माग्नुपर्छ : महासंघ

<span class='c1'>फेरी विवादमा ईटहरीका मेयर :  </span> <span class='c2'>सार्वजनिक रुपमा माफी माग्नुपर्छ : महासंघ</span>

इटहरी,  पत्रकारलाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दिएको धम्कीलाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले पत्रकार विराट अनुपमलाई 'नाकको हड्डी भाँच्न एक करोड र घडेरी छुट्याएको छु' भनी दिएको धम्कीको निन्दा र भर्त्सना गरेको छ।

उपमहानगर मेयर चौधरीले मंगलबार २ पटकसम्म पत्रकार अनुपमलाई धम्की दिएका थिए। आफ्नो फेसबुक पोस्टमा 'चाटुकार पत्रकार' भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर मेयर चौधरीलाई फोन गरेका अनुपमलाई उनले पहिलो पटक मंगलबार दिउँसो धम्की दिएका थिए। उनले अनुपमकै स्टाटसमाथि 'अब तिम्रो पालो' भन्दै कमेन्ट लेखेका थिए।

उनले आफू गुन्डागर्दीमा उत्रिएको बताउँदै आफ्नो ज्यानको सुरक्षा गर्न समेत चुनौती दिएका थिए। सोपश्चात् करिब ५ घन्टापछि पुनः पत्रकार अनुपमलाई फोन गरी आफ्नो सुरक्षा गर्न सुझाएका थिए। उनले नेकपा नेता परशुराम बस्नेतलाई आफूले परिचालन गरिसकेको भन्दै सुपारीसमेत दिएको बताएका थिए।

आफू कम्युनिष्टको कार्यकर्ता भएको सम्झाउँदै उनले कम्युनिष्ट पार्टीको कार्यकर्ता 'डिक्टेट' स्वभावको हुने बताएका थिए। ‘सक्छौ भने आफ्नो सुरक्षा गर। सुपारी दिइसकेको छु,’ उनले भनेका छन्, ‘मेरो सामाजिक मर्यादा र राजनीतिक करियरको क्षतिपूर्ति कसले  दिन्छ? म र केपी ओलीलाई यो देशमा कसैले कारबाही गर्नु एउटै हो। अब तिमीलाई माफ गर्दिन म, यस्ता पत्रुकारको कुरा म जान्दछु। तिमी आफ्नो सुरक्षा गर।

महासंघले पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ। यसअघि पनि उनले गत जेठ ८ गते समाचार संकलनका क्रममा गएका दुई पत्रकारमाथि दूर्व्यवहार गरेका थिए। सो घटनालाई लिएर पत्रकारको भावनामा चोट पुर्‍याउने आफ्नो कुनै पनि मनसाय नरहेको बताएका मेयर चौधरीले पुनः आफ्नो प्रतिबद्धता काम गरेकोमा पत्रकारलाई असुरक्षा बढेको महासंघको ठहर छ।

पत्रकारलाई दिएको धम्कीप्रति मेयर चौधरीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने समेत महासंघले माग राखेको छ। विज्ञप्तिमा पत्रकारलाई काम गर्ने सुरक्षित काम गर्ने वातावरण नभएमा सशक्त कार्यक्रम गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्