सय रुपैयाँ ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक प्रहरीकै फन्दामा

<span class='c1'> सय रुपैयाँ ट्राफिक प्रहरीलाई घुस दिन</span> <span class='c2'>खोज्ने ट्रक चालक प्रहरीकै फन्दामा</span>

विराटनगर, २२ जेठ ।  ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक प्रहरीकै फन्दामा परेका छन्।प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रहरीलाई घुस दिएको आरोपमा मिनि ट्रकका चालक हेमबहादुर विकलाई पक्राउ गरेको हो।

धनकुटाको चौबिसे गाउँपालिका- ६ का १९ वर्षीय हेमबहादुर विकले सवारी चालक अनुमति पत्र नलिई सवारी चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले कारवाही गर्दा ड्युटीमा खटिएका प्रहरी जवान पोषराज खतिवडालाई सवारी दर्ता किताब (ब्लु बुक)मा च्यापरेर ५० रुपैयाँका दुई थान नोट घुस दिन खोजेका थिए।

भोजपुरबाट इटहरी हुँदै झुम्कातर्फ जाँदै गरेको को १ ख २६११ नम्बरको खाली ग्यासको सिलिण्डर लिएको मिनि ट्रकका चालक समेत रहेका विकलाई  पक्राउ गरी आवश्यक इलाका प्रहरी कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए।

पूर्वमा सवारी दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय इटहरीले शून्य सहनशीलताको कार्यक्रमलाई अगाडि बढाएको उनको भनाई छ। प्रहरी उपरीक्षक दाहालले ट्राफिक प्रहरीलाई प्रलोभनमा पारेर सवारी नियम उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारवाही गर्ने चेतावनी समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्