यात्रु नपाएपछि नेपाल एअरलाइन्सको जापान उडान स्थगित

<span class='c1'>यात्रु नपाएपछि नेपाल एअरलाइन्सको</span> <span class='c2'>जापान उडान स्थगित</span>

काठमाण्डौ, २२ जेठ ।  नेपाल एअरलाइन्सको जापान उडान फेरि स्थगित भएको छ ।

१२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । गएको वैशाख १५ गते नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान पक्का भएको भन्दै हप्तामा ३ वटा उडानको तालिकासहित भाडा पनि तोकेको थियो । तर टिकट बुकिङ खुलाएको लामो समयसम्म पनि यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो ।

नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ ।निगमले सन १९९४ देखि २००७ सम्म साताका दुई उडान गरेको गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने दाबी गरे पनि असफल भएको हो ।

नेपालीहरुको बसोबास रहेको नारिता शहरमा उडान भर्ने तयारी भए पनि निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यात्रु नपाउने शहर ओसाका उडानलाई प्राथमिकता दिनुभएको थियो । ओसाकामा उडान गर्दा गर्दा यात्रु नपाउने सुझाव लत्याउँदै तालिका सार्वजनिक गरेको थियो  ।

लामो दूरीमा उडान भरेर निगमलाई उकास्ने भन्दै निगमले पोहोरको असार र साउनमा २४ अर्ब रुपैयाँ खर्चेर एअरबस ३३०–२२० सिरिजका २ वटा जहाज ल्याएको थियो ।

निगमले नयाँ जहाजमार्फत दक्षिण कोरिया, जापान र चीनमा उडान भर्ने जनाएको थियो । तर कमजोर व्यवस्थापनका कारण लामो दुरीमा उडान भर्न नसक्दा २ सय ७४ सिटे वाइडबडी जहाज पनि छोटा र मध्यम दुरीमै खुम्चिएका छन

अहिले निगमका एअरबसका २ वटा वाइडबडी, २ वटा न्यारोबडी र एउटा बोइङ ५७५ सिरिजको जहाजले मुम्बई, दिल्ली, बेंग्लोर, हङकङ, दुबई, कतार र मलेसियामा उडान गदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्