मेयरले पत्रकारलाई नाक भाँच्ने धम्की दिएपछि महासंघले उपमहानगरका कार्यक्रम बहिस्कार गर्ने

<span class='c1'>मेयरले पत्रकारलाई नाक भाँच्ने धम्की दिएपछि</span> <span class='c2'>महासंघले  उपमहानगरका कार्यक्रम बहिस्कार गर्ने</span>

इटहरी, २२ जेठ । नेपाल पत्रकार महासँघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाका कुनै पनि कार्यक्रममा नजाने निर्णय गरेको छ।

बुधबार बसेको महासंघ शाखाको बैठकले सुनसरीमा पत्रकार राज्यपक्षबाटै असुरक्षित वातावरण सृजना भएको भन्दै नगरकार्यपालिकाको औपचारिक धारणा मागसहित कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको अध्यक्ष अमर खड्काले जानकारी दिएका छन्।

मेयर द्वारिकलाल चौधरीबाट बारम्बार पत्रकारहरुमाथि भएका आक्रमणको निन्दा गर्दै जनतालाई सुसूचित गर्ने वर्गप्रति लक्षित गर्दै दोहोरिरहेका गलत क्रियाकलापले पत्रकारहरु असुरक्षित भएको महासँघको ठहर रहेको खड्काले जानकारी दिए।

यसबारे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुुगेर समेत महासँघले गम्भीर ध्यानाकर्षण गराएको बताएका छन्।

नेपाल पत्रकार महासँघ प्रदेश एक समितिका अध्यक्ष विक्रम लुुइटेलले मेयर चौधरीका संचारमाध्यममा आएका भनाइले प्रेसजगतलाइ हेर्ने दृष्टिकोण नै गलत रहेको टिप्पणी गरेका छन्।

समग्र पत्रकारिता जगत, अदालत र सिँगो पार्टीप्रति चौधरीले व्यक्त गरेका धारणाले गम्भिर प्रश्न उठाएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले पत्रकारलाइ नियमित समाचार संकलनमा जान भयको वातावरण बनेको भन्दै यसले जनताको सहि सुचना प्राप्त गर्ने हक समेत खोसिने चिन्ता व्यक्त गरे।

गलत रवैयाप्रति महासँघ निरन्तर संघर्षमा जुट्नै भन्दै कुनै सरकार कानुनले कस्ने र कुनै सरकारले भौतिक आक्रमणमा उत्रिने कुराले पत्रकार पेशा असुरक्षित बन्दै गएको आभास भएको विचार व्यक्त गरे।

मेयर चौधरीले इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी नाक भाच्ने धम्की दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्