त्रिवि सेवा आयोग परीक्षा प्रकरण, नतिजा प्रकाशन नगर्न अख्तियारको पत्राचार

<span class='c1'>त्रिवि सेवा आयोग परीक्षा प्रकरण,</span> <span class='c2'>नतिजा प्रकाशन नगर्न अख्तियारको पत्राचार</span>

काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशन नगर्न पत्राचार गरेको छ ।
सेवा आयोगले लिएको परीक्षा पारदर्शी नभएको उजुरीपछि अख्तियारले अन्तिम नतिजा सार्वजनिक नगर्न त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘यो विषयमा हामीले उच्च प्राथमिकताका साथ अनुुसन्धान गरिरहेका छौं । तत्कालका लागि अन्तिम नतिजा सार्वजनिक नगर्न पत्राचार गरेका छौं, यदि परीक्षामा अनियमितता ठहरिए परीक्षाका सबै प्रक्रिया रद्द हुनेछ ।’
त्रिवि सेवा आयोगले आर्थिक वर्ष २०७३/७४ मा विभिन्न प्रशासनिक पदमा १७० जनाका लागि खुला आवेदन माग गरेको थियो । लिखित परीक्षामा आयोगका पदाधिकारीका नातागोता उत्तीर्ण भएपछि अख्तियारमा उजुरी परेको थियो । लगत्तै अख्तियारले लिखित परीक्षाको उत्तरपुस्तिका नियन्त्रणमा लिएको थियो । तर, त्रिवि सेवा आयोगले लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्