प्रदेश १ मा पहिलो पटक सरकारी लगानीमा डोरीतान प्रतियोगिता बुढीगंगामा हुँदै

<span class='c1'>प्रदेश १ मा पहिलो पटक सरकारी</span> <span class='c2'>लगानीमा डोरीतान प्रतियोगिता बुढीगंगामा हुँदै</span>

विराटनगर, २३ जेठ ।
पहिलो पटक सरकारी लगानीमा नेपालमा डोरी तान प्रतियोगिता हुने भएको छ । एक नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नेपालमै पहिलो पटक सरकारी लगानीबाट प्रतियोगिता गराउन लागेको हो ।

प्रतियोगिताको ब्यवस्थापक मोरङ जिल्ला डोरी तान संघले बुढीगंगाको गंगाचोकमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश स्तरिय डोरी तान प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । यही जेठ २५ गते शनिवार हुने प्रतियोगितामा ८ जिल्लाका ८८ जना खेलाडीहरुको सहभागीता रहने जानकारी दिएको हो । मोरङ जिल्ला डोरी तान संघकी अध्यक्ष रीता न्यौपानेले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिईन् ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, पाँचथर, सोलुखुम्बु,, संखुवासभा, धनकुटा र भोजपुर जिल्ला सहभागि हुने न्यौपानेले जानकारी दिईन् । बुढीगंगा गाउँपालिका वडा नम्बर १मा रहेको नरग्राम माध्यामिक बिद्यालयको खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिईएको छ ।
पुरानो खेल मध्येको डण्डीबियो र डोरीतान नै नेपाली मौलिकता सँग जोडिएको खेल भएको जानकारी दिँदै नेपाल डेरी तान संघका केन्द्रीय उपाध्यक्ष सुभाषश्री पोखरेलले राष्ट्रिय खेलकुद परिषदको वेवास्ताको कारण ओझेललमा परेको बताए । अहिले पनि राज्यको ध्यान डोरी तानमा जान नसकेकोमा दुख ब्यक्त गर्दै हरेक राष्ट्रिय, प्रदेश स्तरका खेलकुदका प्रतियोगिताहरुमा डोरीतान खेललाई समेट्नु पर्नेमा जोड दिए ।

नेपालमा १७ बर्ष अगाडी डोरी तान केन्द्रीय समिति बनाएर डोरी तान खेललाई ब्यवसायीकता दिन खोजिएको भएपनि राखेपले २ बर्ष अगाडी मात्र समिति बनाएको भएपनि अहिलेसम्म यो खोल प्राथमिकतामा पर्न सकेको छैन । पोखरेलले लोप हुन लागेको डोरीतान प्रतियोगितालाई जिवन्तता दिने काम प्रदेश १ बाट शुरु भएकोले अब प्रदेश स्तरको प्रतियोगिताले डोरीतानलाई प्रदेश १ मा स्थापित गराउनेमा आफु विस्वस्त रहेको औल्याए । यस प्रतियोगितालाई देशभरी नै चिनाउने गरी डोरीतान संघले काम शुरु गर्ने संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीले बताए । अन्तराष्ट्रिय मापदण्ड अनुसार ६४० केजीकोे वेटमा प्रतियोगिता हुने जनाइएको छ ।  हरेक टिममा ८ जना खेलाडीका दरले प्रतियोगितामा प्रतिस्पर्धामा उत्रिने छन् । विजेता हुने टिमले ५० हजार, उपबिजताले २५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै तेश्रो हुने टिमलाई समेत १५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईने डोरीतान संघ बुढीगंगाका अध्यक्ष असोक अधिकारीले जानकारी दिए ।
प्रतियोगिताका लागि सामाजिक विकास मन्त्रालयको तर्फबाट ८ लाख र मोरङ जिल्ला डोरीतान संघको तर्फबाट ४७ हजार ब्यहोर्ने छ ।  सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रतियोगिताको समन्वय क्षेत्रीय खेलकुद विकास समितिले गरेको छ भने ब्यवस्थापक मोरङ जिल्ला डोरी तान संघ रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्