कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुई जनाको मृत्यु

<span class='c1'>कैलाली र कञ्चनपुरमा भीषण</span> <span class='c2'>हावाहुरी, दुई जनाको मृत्यु</span>

कैलाली । कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको छ ।हिजो साँझ आएको तीव्र गतिको हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएका छन् ।

हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलालीको गोदावरीका वीरबहादुर चौधरी र टिकापुरका लाहानु चौधरीको मृत्यु भएको छ । हावाहुरी चलेका बेला मोटरसाइकलमा सवार वीरबहादुरको टिपरको ठक्करबाट मृत्यु भएको हो ।

त्यस्तै पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल खसालेपछि त्यसले थिचेर लाहानु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएको जानकारी आएको बताए ।

घाइतेहरुको सेती अञ्चल अस्पताल, पद्मा अस्पताल अत्तरिया र निसर्ग अस्पताल हसनपुरलगायतका ठाउँमा उपचार भइरहेको छ ।घाइतेमध्ये दुई जनालाई उप उपचारका लागि भारत पठाइएको छ ।

हिजो साँझ आधा घण्टासम्म एक्कासी आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो क्षति पुर्‍याएको हो ।कयौं घरका छाना हावाहुरीले उठाएको छ भने कतिपय स्थानमा रुढ ढल्दा बाटो अवरुद्ध हुनुका साथै विद्युत् आपूर्तिसमेत बन्द भएको छ ।

कृषकले लगाएको बालीनालीमा समेत क्षति पुगेको छ । हावाहुरीले दाङ, कपिलवस्तु र रुपन्देहीमा पनि प्रभाव पारेको छ ।राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र (एनईओसी) ले पश्चिमबाट सुरु भएको हावाहुरी मध्य तथा पूर्वी क्षेत्रमा सरेको जनाएको छ ।

एनईओसीले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा पनि आज बिहानै हावाहुरी र मेघगर्जनसहित वर्षा भएको छ ।बिहान ५ बजेदेखि नै आकाशमा बादल मडारिएर हावाहुरीसहित वर्षा भएको हो ।काठमाडौं हुँदै हावाहुरीको प्रभाव पूर्वी क्षेत्रतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्