मौसमी अपडेट:अब सबैतिर खतरामुक्त ,पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली बाहिरियो

मौसमी अपडेट:अब सबैतिर खतरामुक्त ,पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली बाहिरियो

काठमाडौं । हिजो बेलुका पश्चिम नेपालमा विकसित भएको मौसमी प्रणाली हाल मध्य हुँदै उत्तरतर्फबाट पनि मुक्त भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् विभूति पोखरेलले भनिन्,‘‘पूर्वबाट उत्तरतर्फ गएको मौसमी प्रणाली त्यहाँबाट पनि बाहिरिएकाले अब सबैतिर खतरामुक्त रहेको छ । चिन्ता गर्नुपर्दैन ।’’

यद्यपि ती क्षेत्रमा बदली हुने सम्भावना भने रहेको महाशाखाको भनाइ छ । विहीबार राति धनगढी क्षेत्रबाट प्रवेश गरेको सो मौसमी प्रणालीले जनधनको क्षति गराएको थियो । सो मौसमी प्रणाली पूर्व तर्फ लागेकोमा मध्य क्षेत्र काठमाडौंमा पनि आज विहान हुरी बतास चलेको थियो । त्यस लगत्तै उत्तरतर्फ सो प्रणाली लागेकोमा केहीबेर अघि उत्तरबाट पनि बाहिरिएको मौसमविद्को भनाइ छ ।

महाशाखाले आज दिउँसो देशका पूर्वी भूभागमा सामान्य वदली रहने र मध्य र पश्चिमी भूभागमा  आंशिकदेखि सामान्य वदली रही पश्चिमी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा हावाहुरी तथा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । देशका उच्च हिमाली भेगका केही स्थनमा हल्का हिमपातको संभावना रहेको जनाइएको छ । त्यस्तै, आज राति देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भूभागका केही स्थानहरूमा आंशिक वदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान तथा  पश्चिमी  भूभागका थोेरै स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, शनिबार दिउँसो देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भूभागका केही स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । यस्तै शनिबार राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसैगरी आइतबार देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भूभागका कतिपय स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्