कैलालीमा हावाहुरीको कारण ज्यान गुमाउनेको संख्या दुई पुग्यो, ७० जनाभन्दा धेरै घाइते

कैलालीमा हावाहुरीको कारण ज्यान गुमाउनेको संख्या दुई पुग्यो, ७० जनाभन्दा धेरै घाइते

कैलाली,२४ जेठ । कैलालीमा हावाहुरीमा परेर दुई जनाको ज्यान गएको छ । ७० जनाभन्दा धेरै घाइते भएका छन् ।

बिहीबार बेलुकी हावाहुरी चलेपछि टिकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै त्यही ठाउँमा हुरीबतासले पर्खाल भत्काउँदा पोल्ट्रिफार्म सञ्चालन गरेर बसेका ४७ वर्षका लाहानु दवैराको ज्यान गएको छ । भत्किएको पर्खालले लागेर घाइते भएका दवैराको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते धेरै जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्