हावाहुरी, चट्यांगसहिको वर्षाको सम्भावना, कुन-कुन क्षेत्रमा छ आज?

हावाहुरी, चट्यांगसहिको वर्षाको सम्भावना, कुन-कुन क्षेत्रमा छ आज?

काठमाडौँ, २५ जेठ । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्व र मध्य क्षेत्रको मौसम सामन्य बदली हुने मौसमविदले बताएका छन् ।

यस्तै पश्चिम पहाडी क्षेत्रको मौसम पनि सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ । पूर्व तथा मध्य भूभागका केही र पश्चिमका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ ।

यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । मनसुन पूर्वको स्थानीय मौसमी गतिविधि सक्रिय रहेकाले बेलुका वा रातिको समयमा देशको पश्चिम तथा मध्य क्षेत्रमा चट्यांग पर्ने, असिना पानीसहित हावाहुरीको सम्भावना हुने भएकाले सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।

यस्तै भारतको भू भागबाट आएको मौसमी प्रणालीका कारण पनि यो समयमा मौसम केही खराब हुने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्