प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको देशब्यापी जागरण अभियान आज सकिँदै

<span class='c1'>प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको</span> <span class='c2'>देशब्यापी जागरण अभियान आज सकिँदै</span>

काठमाडौं जेठ २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशब्यापी गरेको पहिलो चरणको जागरण अभियान आज सकिँदैछ ।कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर एक महिने जागरण अभियान सञ्चालन गरेको थियो ।

वैशाख २५ देखि सुरु भएको जागरण अभियान आज ७७ जिल्लामा सभाहरु गरी समापन गरिँदै छ ।काठमाडौंको पहिलो चरणको जागरण अभियान पनि आज समापन गरिएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जागरण अभियानमार्फत् सरकारले गरेका गलत कामको भण्डाफोर गरेको बताए ।

उनले सरकारको गलत रवैयाप्रति नागरिक सचेत भएको बताए । जागरण अभियानले कांग्रेसलाई एकताबद्ध र बलियो पार्टी बनाएको दाबीसमेत उनले गरे ।

कांग्रेस अब दोस्रो चरणको कार्यक्रमअन्तर्गत ७ सय ५३ वटा स्थानीय तहमा जागरण अभियान सञ्चालन गर्ने भएको छ ।कांग्रेसले आफ्नो संगठन निर्माणमा भन्दा पनि सरकारलाई गाली गर्नमै जागरण अभियानमा धेरै समय खर्चेको छ ।

पार्टीभित्रको आन्तरिक द्वन्द्वबारे जागरण अभियानमा नदेखाउने निर्णय भए पनि कतिपय सभाहरु कांग्रेस नेताहरुले पार्टीभित्रकै आलोचनामा बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्