धरानमा फैलिएको डेंगु सुनसरीका अन्य पालिकामा पनि, अझै नियन्त्रणमा आउन सकेन

धरानमा फैलिएको डेंगु सुनसरीका अन्य पालिकामा पनि, अझै नियन्त्रणमा आउन सकेन

सुमन सुस्केरा
विराटनगर, २५ जेठ ।
धरानमा फैलिएको डेंगु अझै निययन्त्रणमा आउन सकेको छैन। धरान नगरपालिकाको वडा नम्बर ८ र १५ मा फैलिएको डेंगुका बिरामीहरु बढ्ने क्रम अझै रोकिएको छैन ।

धरानमा प्रकोपको रुपमा देखिएको डेंगु सुनसरीका अन्य गाउँपालिका तथा नगरपालिकामा समेत देखिन थालेको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २ सय  जना उपचार गरिरहेका छन् ।

त्यस्तै धरानको बिजयपुर अस्पतालमा ३२ जना र ईटहरमिा २ जनाले उपचार गराई रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार धरानमा प्रकोपको रुपमा देखिएको डेंगु ईटहरीमा पनि देखिन थालेको छ । ईटहरीमा २ जना डेंगुका बिरामी फेला परेपछि ईटहरी उपमहानगरपालिकाले लामखुट्टे हटाउने र लार्भा नष्ट गर्ने अभियान नै शुरु गरेको प्रसाईले बताउनु भयो ।
त्यस्तै सुनसरीकै बराह नगरपालिकामा १ जना , रामधुनी नगरपालिकामा २ जना र मोरङको केरावारी र सुन्दर हरैँचामा १÷१ जना डेंगुका बिरामी फेला परेको प्रमुख प्रसाईले जानकारी दिनुभयो ।
बढी प्रभावित सुनसरीको धरान उपनगरपालिकाले पानी फाल्ने र लार्भा नष्ट गर्ने अभियान नै चलाएको भएपनि सर्बसाधारणले पानी फाल्न नदिने गरेको¦ लार्भा नष्ट अभिायनमा खटिएका अभियानकर्मीले बताएका छन् ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु मण्डारीले पानीको ब्यवस्थापनसँगै पानी फाल्ने र लार्भा मार्ने काम भईरहेको जानकारी दिनुभयो । नियन्त्रणको लागि सबै क्षेत्रलाई आब्हान गरिएको जानकारी दिँदै भण्डारीले सर्बसाधारलाई लामखुट्टे तथा त्यसको लार्भा नियन्त्रणको अभियानमा लाग्न आग्रह गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्