प्रदेश स्तरीय डोरीतानको उपाधी मोरङलाई, जित्यो ५० हजार

प्रदेश स्तरीय डोरीतानको उपाधी मोरङलाई, जित्यो ५० हजार

विराटनगर, २६ जेठ । प्रदेश स्तरीय डोरीतान प्रतियोगिताको उपाधि मोरङले जितेको छ । पहिलो पटक सरकारी लगानीमा प्रदेश स्तरीय डोरीतान प्रतियोगिता आयोजना गरिएको हो बुढीगंगा गाउँपालिकामा सम्पन्न प्रथम प्रदेश स्तरीय डोरी तान प्रतियोगिताको उपविजेता भोजपुर भएको छ ।

बुढीगंगा गाउँपालिकाको टंकीमा रहेको नरग्राम माध्यामिक बिद्यालयको खेल मैदानमा भएको प्रतियोगिताको तेश्रो झापा भएको छ । फाइनल राउण्डमा भोजपुरलाई पराजित गर्दै उपाधी जितेको हो । विजेता टोली मोरङले नगद ५० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेता भोजपुरले नगद २५ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरेको छ । सेमि फाइनलमा पराजित भएका झापा र सुनसरी बिच तेस्रो स्थानका लागि खेल भएको थियो । खेलमा झापा विजयी बनेको छ । तेस्रो भएको झापाले नगद १५ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्तमा चित बुझाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्रथामिकतामा राखेको बताए । उनले प्रदेश नं. १ लाई खेलकुदमा पनि अब्बल प्रदेशका रुपमा विकास गर्न लागि परेको स्पष्ट पारे ।
मन्त्री घिमिरेले यो वर्ष विभिन्न कारणले प्रदेशका ८ जिल्लाको मात्र सहभागिता भएकोमा आगामी वर्ष १४ वटै जिल्लाबाट सहभागिता गराएर डोरी तान खेल आयोजना गरिने बताए । खेलकुदकै विकासका लागि प्रदेश सरकारले प्रदेशका १ सय ३७ वटै स्थानीय तहमा खेल मैदान निर्माण गरिहेको जानकारी दिए ।
डेरी तान संघका केन्द्रीय उपाध्यक्ष डा. सुभाषश्री पोखरेलले पुरानो खेल मध्येको डण्डीबियो र डोरीतान नै नेपाली मौलिकतासँग जोडिएको खेल भएपनि राष्ट्रिय खेलकुद परिषदका कारण ओझेललमा परेको बताए ।
उनले हरेक राष्ट्रिय तथा प्रदेश स्तरीय खेल प्रतियोगिताहरुमा डोरीतान खेललाई अनिवार्य समेट्न सरकार सँग माग गरे ।
पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले प्रदेश सरकारले डोरी तान खेललाई प्रथामिकतामा राखेर खेलको विकासमा महत्वपूर्ण योगदान दिएको दावी गरे । उनले प्रदेश नं. १ खेलकुद क्षेत्रमा उदाहरणीय बनेको बताउँदै अझ यसको विकास र विस्तारमा पूर्वाञ्चल खेलकुद विकास समितिले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरी तथा मोरङ जिल्ला डोरीतान संघकी अध्यक्ष रीता न्यौपानेले डोरीतान प्रतियोगितालाई प्रोत्साहन गर्ने काम प्रदेश १ सरकारबाट शुरु भएकोले प्रतियोगिताले खेललाई स्थापित गराएकोेमा खुसी ब्यक्त गरे ।
प्रतियोगितामा प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, पाँचथर, सोलुखुम्बु, संखुवासभा, धनकुटा र भोजपुर जिल्ला सहभागी थिए ।
अन्तराष्ट्रिय मापदण्ड अनुसार ६४० केजीकोे तौलमा सम्पन्न खेलको हरेक टिममा ८ जना खेलाडीका दरले खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्