झापामा एक व्यवसायीले गरे झुण्डिएर आत्महत्या , सोसाइट नोटमा आफ्नै साथीको नाम

झापामा एक व्यवसायीले गरे झुण्डिएर आत्महत्या , सोसाइट नोटमा आफ्नै साथीको नाम

बिर्तामोड जेठ २६ । बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले झुण्डिएर आत्महत्या गरेका छन्  । साथमा उनले लेखेको सोसाइट नोट  फेला परेको छ । प्रहरीले झुण्डिएकै ठाउँमा सोसाइड नोट फेला पारेको हो ।

झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले ‘कुमार भट्टराईका कारण म मरेको’ सोसाइड नोटमा लेखेका छन् । उनले अंग्रेजीबाट लेखेको नोट प्रहरीले लाहा छाप गरी सुरक्षित राखेको छ । सोसाइड नोट लेखेको इलाका प्रहरी कार्यालय अनारमनीले पुष्टि गरेको छ ।

ढकाल बिर्तामोडमा एक दशक देखि भद्रपुर रोडस्थित अन्नपूर्ण चोकमा विपम फर्निचर सञ्चालन गर्दै आएका थिए । उनका छोरा विपमका अनुसार आज विहान परिवारसँग सँगै खाना बुबा पसल आएका थिए । घरबाट हिडेको आधा घण्टामा घटना भएको परिवारले जानकारी पाएको थियो ।

विपमका अनुसार बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र दिपक ढकाल मिल्ने साथी थिए । साथीको नाताले उनीहरु विचमा कारोवार पनि हुने गरेको थियो । स्रोतका अनुसार १५ लाखभन्दा बढि रकम भट्टराईले ढकाललाई तिर्नु थियो ।

मृतकका छोरा विपमले बताएका अनुसार भट्टराईले बुबालाई लाखौं रमक तिर्न बाँकी थियो । इप्रका अनारमनीका प्रमुख मोहन थापाले सोसाइड नोटका बारेमा अनुसन्धान हुने बताएका छन् । ढकालको शव पोष्टमार्टमका लागि अञ्चल अस्पताल भद्रपुर लगिएको छ । (इजलासबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्