सिन्धुपाल्चोकमा झाडापखालाको महामारी , गाउँका १ सय ३० जनाभन्दा धेरै बिरामी

सिन्धुपाल्चोकमा झाडापखालाको महामारी , गाउँका १ सय ३० जनाभन्दा धेरै बिरामी

जिल्लाको बलेफी गाउँपालिका– ५ बिन्जेलमा झाडापखालाको महामारी फैलिएको छ ।

झाडापखालाका कारण एकै गाउँका १ सय ३० जनाभन्दा धेरै बिरामी परेका हुन् । बिरामीमध्ये ९६ जनालाई गाउँमै पुगेका स्वास्थ्य टोलीले उपचार गरिरहेको छ भने अन्य बिरामीको अवस्था गम्भीर छ ।

गम्भीर बिरामीको खाडिचौरमा रहेको सिन्धु सदाबहार अस्पताल र काठमाण्डौ रेफर गरिएको छ । स्थानीयको विवाह भोज खाएपछि झाडापखाला लागेको बिरामीको भनाइ छ । विषाक्त खाना र पानीका कारण झाडापखालाको प्रकोप फैलिएको चिकित्सकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्