नेपाल मै यस्तो : उपचार नपाउँदा एक नवजात शिशुको ज्यान गयो

<span class='c1'>नेपाल मै यस्तो : उपचार नपाउँदा</span> <span class='c2'>एक नवजात शिशुको ज्यान गयो</span>

अछाम जेठ २८ , उपचार नपाउँदा जिल्लामा एक नवजात शिशुको ज्यान गएको छ । कमलबजार नगरपालिका–७ सेराका नन्दकला भाटको नवजात शिशुको स्वास्थ्य चौकी ढाँकुमा मृत्यु भएको हो ।
सुत्केरी व्यथा लागेकी ३२ वर्षीया नन्दकला आइतबार स्थानीय स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा पुग्नुभएको थियो । चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउने भनिए पनि यहाँ कार्यरत दुबै अनमी अनुपस्थित रहेका कारण शिशुको ज्यान गएको नन्दकलाका श्रीमान प्रेमप्रसाद भाटले आरोप लगाउनुभयो । नन्दकलाले स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएकी थिइन् । लगत्तै शिशुको मृत्यु भएको थियो ।

हाल स्वास्थ्य संस्था स्थानीय तह मातहत रहेकाले कर्मचारी व्यवस्थापनको काम पनि स्थानीय तहले नै गर्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झपट ढुङ्गानाले बताए। कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टले कर्मचारीको व्यवस्था भएको र सुत्केरी ढिलो पु¥याएका कारण बच्चाको ज्यान गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्