भारतीय तीर्थयात्री चढेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु

भारतीय तीर्थयात्री चढेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटमा भारतीय तीर्थयात्री चढेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

ना. ६ ख ९०३० नम्बरको बसलाई को. १ ख २६२५ नम्बरको ट्रकले चन्द्रपुर नगरपालिका–१ मंगलपुर नजिकै राजमार्गमा गएराति पछाडिबाट ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५४ वर्षीय चरण विश्वाल र ५२ वर्षीय विजय कुमार रहेको रौतहट प्रहरीले जनाएको छ ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबै भारतीय नागरिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्