शिक्षा : एसइईको नतिजा यो बर्ष गत बर्ष भन्दा केहि ढिलो प्रकाशन हुने

शिक्षा : एसइईको नतिजा यो बर्ष गत बर्ष भन्दा केहि ढिलो प्रकाशन हुने

बिराटनगर जेठ २८ ,

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यो बर्ष गत बर्ष भन्दा केहि ढिलो प्रकाशन हुने भएको छ।

अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा प्रकाशन गर्ने गरिए पनि यो बर्ष भने तेस्रो साता मात्रै नतिजा प्रकाशन गर्न लागिएको हो । यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी समायोजन हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । अहिले डाटा इन्ट्रीको काम भइरहेको छ ।

यो बर्षको (एसइई) परीक्षा चैत १० बाट शुरु भएको थियो । परीक्षामा चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

मोरङ जिल्लामा नियमित तर्फ १८ हजार ३ सय ५२ जना विद्यार्थीले परीक्षा दिएका छन्  । त्यस्तै एक्जाम्टेडतर्फ २ सय ८४ जना विद्यार्थी सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्