सगरमाथा चढेको भन्दै झुटो दावी

<span class='c1'>सगरमाथा चढेको भन्दै</span> <span class='c2'>झुटो दावी</span>

काठमाडौं,  २९जेठ । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दावी गर्दै प्रतिवेदन बुझाएका थिए ।

विभागमा उजुरी परेपछि उनीहरुमाथि छानविन गर्दा सगरमाथा आरोहण नगरेको प्रमाण भेटिएको उनले बताइन् ।

झुटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन् । –कान्तिपुर दैनिकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्