यस्तो पनि : छोरीलाई बलात्कार गरेको आरोपमा सरकारका उपसचिव पक्राउ परे

यस्तो पनि : छोरीलाई बलात्कार गरेको आरोपमा सरकारका उपसचिव पक्राउ परे

ललितपुर, जेठ २९ । छोरीलाई बलात्कार गरेको आरोपमा सरकारका उपसचिव पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपसचिव रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि लागेको आरोपमा थप छानबिन गर्न प्रहरीले अदालतबाट सात दिनको म्याद पनि थपेको छ । सोमवार पक्राउ परेका निज उपसचिवलाई प्रहरीले म्याद थपका लागि आज अदालत लगेको थियो ।

छोरीमाथि नै बलात्कारको गम्भीर आरोप लागेका उनीमाथि थप छानबिन गर्न आवश्यक रहेको जनाएपछि अदालतले प्रहरीलाई सात दिनको म्याद दिएको हो महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले जानकारी दिए ।

१८ वर्षीया आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि निजलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले छोरीलाई विगत ३/४ वर्षदेखि बलात्कार गर्दै आएको आरोप लागेको छ ।

छोरीलाई बलात्कार गर्ने गरेको आमाले थाहा पाएपनि शुरुमा इज्जत जाने डरले सार्वजनिक नगरेको प्रहरीको दावी छ । तर बलात्कारको क्रम नरोकिएपछि किशोरी र उनकी आमाले प्रहरीमा उजुरी दिएका थिए ।

उनीहरुको उजुरीकै आधारमा उनलाई पक्राउ गरिएको थियो । महोत्तरी गृहजिल्ला रहेका उनी हाल ललितपुरको धोविघाट बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्