प्रदेश नम्बर १ होटेल परिचय : छोटो समयमा बिराटनगरमा चर्चा कमाउन सफल बिग होटेल

प्रदेश नम्बर १ होटेल परिचय : छोटो समयमा बिराटनगरमा चर्चा कमाउन सफल बिग होटेल

विराटनगर एक नम्बर प्रदेशको राजधानी भएसँगै ब्यवसायिक गतिबिधि बढ्दै जान थालेको छ । होटल, सपिङ मल र उद्योगजस्ता व्यावसायमा लगानी गर्नेहरु बढ्दैछन् । मधेश आन्दोलनको वेला थलिएको विराटनगरको आर्थिक गतिबिधि स्थानीय तहको निर्वाचन सँगै बढको हो ।

बिराटनगरमा नाम चलेका ठुला होटलहरु प्रसस्तै भएपनि थप सुबिधा सहितका होटलहरु थपिने क्रम पनि बढेको छ । पूर्वका बिभिन्न ठाउँका पर्यटकीयस्थल साथै औद्योगिक नगरीमा बैठक , सभा समारोहमा आउने मानिसहरुको लागि सुबिधा सम्पन्न होटेलको आवस्यकता पर्ने गर्दछ ।

छोटो समयमा बिराटनगरमा चर्चा कमाउन सफल बिग होटेल

विराटनगर ९ रोडशेषस्थित ६ तल्ले “बिग होटल” नाम दिएको होटल सुरु भएको १ बर्ष गत बैशाखमा नाघेको छ ।  करिब ५० करोडको लागतमा होटल बिराटनगरमा सञ्चालनमा आएको हो ।

बिग होटलले खाना र बस्नको लागि मात्र हैन अन्य सुबिधा पनि दिँदै आएको छ । विराटनगरको गर्मीलाई छल्न स्वीमिङ पुल सहित एसी जडित कोठाहरु रहेका छन् । होटेलमा करिब ५ सय क्षमता भएको दुई वटा सेमिनार हल रहेको जनरल म्यानेजर केशब पौडेलले बताए ।

होटलमा लामो समय देखि विदेश तथा नेपालका स्टार होटलमा अनुभव भएका कुक, वटेर तथा कर्मचारीहरुले सेवा दिदै आएका छन्  । बिग होटलमा हरेक साताको एक दिन राष्ट्रिय स्तरका गायक गायिकाबाट लाईभ कार्यक्रमको पनि व्यवस्था गरिदै आएको छ । होटलको बाहिरी भागमा कफीसप तथा रेष्टुराको पनि छुटै व्यावस्था गर्ने सोच रहेको होटलले जनाएको छ ।

होटलमा एसी सहतिको डिलक्सका ५७ वटा कोठा रहेका छन् । आगामी दिनमा स्पा हेल्थकेयरको पनि सुविधा ल्याउने तयारीमा रहेको जनरल म्यानेजर पौडेलले सुनाउनुभयो ।

[caption id="attachment_52151" align="alignnone" width="2048"] Big hotel biratnagar[/caption]

होटेलमा सरकारी निकायका कार्यक्रम देखि बिभिन्न बिदेशी तथा स्वदेशी ब्राण्डका ठूलाठूला कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न होटेल सफल भएको पौडेलले जनाउनु भयो ।

होटेलले चाडबाडमा बिभिन्न सांगीतिक कार्यक्रम पनि गर्दै आएको छ । होटेलमा युरोप , अमेरिका , भारत लगायतका एसियाली मुलुकबाट पनि पर्यटक आउने गरेका छन् ।

प्रस्तुति : प्रेम देवान / बिबेक दाहाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्