युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज फ्रान्स जाँदै

युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज फ्रान्स जाँदै

काठमाडौं । युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज फ्रान्स जाँदै छन् ।

प्रधानमन्त्री नेतृत्वको नेपाली टोली अपराह्न फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता भने भोलिबाट गर्नेछन् ।

उनले फ्रान्सका समकक्षी एडुवार्ड फिलिपसँग सम्बन्ध विस्तार तथा आपसी हितका विषय गर्ने बताइएको छ ।

फ्रान्समा रहँदा प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि फ्रान्स सरकार तथा स्थानीय उद्योगी व्यापारीलाई आह्वान गर्नेछन् ।

प्रधानमन्त्री ओलीले फ्रान्सको राष्ट्रिय विधान सभामा पनि सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले आगामी शनिबार युरोपमा रहेका नेपाली राजदूतहरुसँग छलफल गर्ने र आइतबार काठमाडौं आइपुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्