टिपरको ठक्करबाट पत्रकारको मृत्यु, ब्याक गरेर किचेको प्रहरीको भनाइ

टिपरको ठक्करबाट पत्रकारको मृत्यु, ब्याक गरेर किचेको प्रहरीको भनाइ

काठमान्डौ २९ जेठ । टिपर आतंक नरोकिँदा सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ । बुधवार सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङ्गको मृत्यु भएको हो।
रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट आफ्नो साइडमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको र ठक्कर लगत्तै पुनः ब्याक गरेर किचेको हुनसक्ने प्रहरीको भनाइ छ। टिपर चालक भने फरार रहेको भन्दै खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ।
सुर्खेत पहिचान दैनिकका सम्पादकसमेत रहेका उनी पत्रिकाको काम विशेषले मेहलकुना जान लागेको आफन्तको भनाइ छ। सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थायी घर भएका उनी विगत लामो समयदेखि वीरेन्द्रनगरमा बस्दै पत्रकारिता गरिरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्