कक्षा–१२ उत्तीर्ण भएका विद्यार्थीलाईमात्र ‘नो अब्जेक्सन लेटर’ दिने निर्णय

कक्षा–१२ उत्तीर्ण भएका विद्यार्थीलाईमात्र ‘नो अब्जेक्सन लेटर’ दिने निर्णय

काठमाडौं, जेठ ३० । शिक्षा मन्त्रालयले कक्षा–१२ उत्तीर्ण भएका विद्यार्थीलाईमात्र ‘नो अब्जेक्सन लेटर’ दिने निर्णय गरेको छ ।

यसअघि एसइई पास भएका विद्यार्थीलाई पनि नो अब्जेक्सन लेटर दिइँदै आएकोमा अब भने १२ कक्षा उत्तीण गरेकाहरुलेमात्र पाउनेछन् ।

विद्यालय तह पास गरेका विद्यार्थीलेमात्र बाहिर पढ्न जाने पाउने गरी छात्रवृत्ति ऐन ल्याइएको छ ।

विद्यालय तह पढ्न पनि विदेश जाने प्रचलन रोक्न यो नियम लागू गराएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव महेश्वर शर्माले बताए ।

स्नातक, स्नातकोत्तर र विद्याविरिधिलगायतका विषय पढ्न जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिइने उपसचिव शर्माले बताए ।

तर, तह नखुलाइकन डिप्लोमा गर्न जाने भनेर आउने विद्यार्थीले पनि नो अब्जेक्सन लेटर पाउने छैनन् ।

हाल अष्ट्रेलिया, अमेरिका, जापान, बंगलादेश, चीनलगायतका देशमा पढ्नका लागि हजारौं संख्यामा नेपाली विद्यार्थीहरु जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्