नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि जापानमा उडान गर्ने

नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि जापानमा उडान गर्ने

काठमाडौँ, जेठ ३० गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी भदौ १२ गतेदेखि जापानमा उडान गर्ने भएको छ । यसअघि असार १९ गते उडान गर्ने भनिएकोमा तालिका अनुसार टिकट बिक्री नभएपछि निगमले समय सारेको हो । निगमले भदौमा गर्ने उडानका लागि बुधबारदेखि नै टिकट बिक्री सुरु गरेको छ ।

निगमका अनुसार हप्तामा मङ्गलबार, बिहीबार र शनिबार ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान हुनेछ । जापानसँग पछिल्लोपटक हवाई सम्झौताअनुसार प्रक्रिया अघि बढाए पनि त्यसको एक वर्षपछि मात्र उडान सम्भव भएको हो । १५ वर्षपछि जापान उडान गर्न लागेको हो ।

पछिल्लोपटक ओसाकाको कान्साई विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराइरहेको सीकेटीएसले निगमलाई अनुमति नदिएपछि प्रक्रियामा केही ढिलाइ भएको थियो । गत चैतको दोस्रो साता नेपाल र जापानका प्रतिनिधिबीचको वार्ता सकारात्मक भए पनि जापान उडानको प्रक्रिया सहज भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्