बिराटनगर सहित मोरङमा ९ जनामा डेंगुको संक्रमण, झापामा पनि ३ जनामा डेंगु

बिराटनगर सहित मोरङमा ९ जनामा डेंगुको संक्रमण, झापामा पनि ३ जनामा डेंगु

बिराटनगर जेठ ३० ,

धरानपछी मोरङ र झापामा डेंगुको संक्रमण देखा परेको छ ।

मोरङमा पनि ९ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मोरङको सुन्दर हरैँचामा ४ जना, उर्लाबारीमा १, बेलबारीमा १, केराबारीमा १ र विराटनगरमा महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

झापामा ३ जनामा डेंगुको संक्रमण देखा परेको छ । झापा, मोरङ र सुनसरी गरी जम्मा ५ सय ६० जनामा डेंगु देखा परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

७ दिन भित्र डेंगुका लार्भा नष्ट गर्ने र डेंगु नियन्त्रण गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्