जंगली च्याउ खाएर बिरामी परेका ४ जनाको उपचारको क्रममा ज्यान गयो

जंगली च्याउ खाएर बिरामी परेका ४ जनाको उपचारको क्रममा  ज्यान गयो

पाल्पा, ३१ जेठ। पाल्पामा जंगली च्याउ खाएर ज्यान जानेको संख्या ६ पुगेको छ ।  च्याउ खाएर बिरामी भइ उपचारका लागि अस्पताल भर्ना भएका ४ जनाको शुक्रबार दिउँसो ज्यान गएको छ  ।

गम्भीर बिरामी भई काठमाण्डौ टिचिङ अस्पतालमा  उपचार भैरहेका निस्दी गाउँपालिका वडा नम्बर–३, कार्कीडाँडा मित्यालका ८ वर्षीय सुमनसिंह ठकुरी, १४ वर्षीया निरुता सिंह ठकुरी, १३ वर्षीया निशा सिंह ठकुरी र त्यसै ठाउँका ४५ वर्षीय पूर्णबहादुर खाम्चाको शुक्रबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

गएको जेठ २४ गते बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा ४ वर्षीय उमेश गाहाको आइतबार र ४५ वर्षीया रिखिसरा गाहाको ज्यान गएको थियो ।

उमेशको  घरमै र  रिखिसराको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा ज्यान गएको हो । च्याउ खाएर बिरामी परेका  २९ वर्षीया दानमाया सिंह ठकुरी, ३० वर्षीया धनकुमारी ठकुरी, ३६ वर्षीया चनकुमारी खाम्चा मगर र १५ वर्षीया बिमला खाम्चाको चितवनमा उपचार भैरहेको छ ।

बिरामी परेका ८० वर्षीय प्रेमबहादुर ठकुरी भने उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्