साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली भोलि स्वदेश फर्किने

<span class='c1'>साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री</span> <span class='c2'>केपी शर्मा ओली भोलि स्वदेश फर्किने</span>

काठमाडौं, जेठ ३२ ।  साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली भोलि स्वदेश फर्किने भएका छन् ।

गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली भोलि बिहान साढे १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली आजै जेनेभा फर्किने र त्यहाँबाट आजै काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले साताव्यापी भ्रमणका क्रममा स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका छन् । उनले आज जेनेभामा नेपालका राजदूतलगायत अन्य उच्च पदाधिकारीहरुसँग अनौपचारिक छलफल गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओलीले २७ गते जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहलाई सम्बोधन गरेका थिए ।

समारोहपछि सोही दिन बेलायत प्रस्थान गरेका प्रधानमन्त्री ओलीले त्यहाँ अक्सफोर्ड युनियनले आयोजना गरेको कार्यक्रमलाई स्म्बोधन गरेका थिए । बेलायतमा रहँदा समकक्षी टेरेजा मे र राजकुमार चार्ल्ससँग पनि उनले भेटवार्ता गरेका थिए ।

बेलायतको तीन दिने भ्रमण सकेर २९ गते फ्रान्स पुगेका प्रधानमन्त्री ओली विभिन्न औपचारिक कार्यक्रममा सहभागी भए । उनले फ्रान्सका समकक्षी एडवर्ड फिलिपेसँग भेटवार्ता गरी द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्