दाङको लमहीमा सिमेन्ट उद्योगको बरण्डा भत्किदा तीन मजदुरको मृत्यु

<span class='c1'>दाङको लमहीमा  सिमेन्ट उद्योगको</span> <span class='c2'>बरण्डा भत्किदा तीन मजदुरको मृत्यु</span>

दाङ, ३२ जेठ । सिमेन्ट उद्योगमा काम गर्ने तीन मजदुरको मुत्यु भएको छ। दाङको लमही नगरपालिका ७ कमानपुको सम्राट सिमेन्ट कम्पनीको नयाँ प्लान्ट निर्माणमा काम गरिरहेका तीन भारतीय मजदुरको पाँचौ तलाबाट खसेर मुत्यु भएको हो। तीन मजदुर घाइते छन्।

पाँचौ तला ढलान गरिरहेका मजदुर शनिबार बिहानको राति करिब  साढे एक बजेतिर ६८ मिटरमाथिबाट खसेका थिए।  मुत्यु हुने मजदुरमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन, ४६ वर्षीय साहेव हरेन रहेका छन्। घटनामा अजय हरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएको दाङ प्रहरीले जनाएको छ। अजय हरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ। उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइ छ।

कम्पनीका प्रोजेक्ट कल्सल्टेन्ट त्रिभुवन ढकालका अनुसार बिम र टेकोको सन्तुलन नमिल्दा दुर्घटना भएको हो। ‘राती करिब साढे एक बजे छतको बारिहको भाग खस्यो। पाँचौ तलामाथि ढलान भइरहेको थियो। क्रकिट हालिरहेको भाइब्रेट चलाई रहेको अवस्थामा दुर्घटनाको भयो’, ढकालले भने। नयाँ प्लान्ट निर्माणको जिम्मा एभरेष्ट नामको भारतीय कम्पनीले लिएको छ।

कम्पनीले दुई वर्षदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो। क्षमता बढाउन नयाँ प्लान्ट निर्माण पनि संगसगै लगिरहेको उद्योगले जनाएको छ। निर्माणमा कम्पनीमा दुई सय ५० भारतीय मजदुर कार्यरत छन्। शनिबार राति मात्र प्लान्टमा २० मजदुर काम गर्दै गरेको कम्पनीको दाबी छ। एभरेष्ट कम्पनीले सिफ्ट अनुसार मजदुरलाई २४ घण्टा काममा लगाउने गरेको छ। दुर्घटनापछि निर्माणको काम बन्द भएको छ। मजदुरको सुरक्षासहित बाँकी काम सम्पन्न गराउन निर्माण कम्पनी लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्