रात्रीकालिन एरिना प्रीमियर लिग, इटहरी : बेलबारीलाइ पराजित गर्दै बिराटनगर बिजयी

<span class='c1'>रात्रीकालिन एरिना प्रीमियर लिग, इटहरी :</span> <span class='c2'> बेलबारीलाइ पराजित गर्दै बिराटनगर बिजयी</span>

र्ईटहरी,१ असार। एरिना प्रिमियर लिग (एपिएल)को पहिलो दिनको खेलमा बेलबारीलाइ २४ रनले पराजित गर्दै बिराटनगर बिजयी भएको छ ।

एरिना टेलिभिजनको आयोजनामा इटहरीमा जारी रात्रीकालिन क्रिकेट लिगको पहिलो खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको बिराटनगरले १२ ओभरमा ७ विकेट गुमाउदै १०६ रन बनायो । जसका लागि राजन मगरले १८ बलमा २८, दिपक पासवानको १५ बलमा १७, पुष्प थापाले १४ बलमा १७ रन बनाए ।
बेलबारीका लागि प्रबेश कामतिले ३, सचिन कटवालले २ विकेट लिएका थिए । विराटनगरले दिएको लक्ष्य पछ्याएको बेलबारीले १२ ओभरमा ८ विकेट गुमाउदै ८२ रनमा समेटियो । बेलवारीका लागि सुवेदीले ११ बलमा ३३ रन बनाएका थिए ।
बिराटनगरका लागि फिर्दोस अन्सारीले ३ ओभरमा ७ रन दिएर ३ विकेट लिए भने श्रवण यादब र अमृत सिंहले समान १, १ विकेट लिएका थिए । बिराटनगरका फिर्दोस अन्सारी प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छन् । समुह ए मा त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी छन् । त्यस्तै समुह बी मा एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी छन् । प्रतियोगिता यही जेठ ३२ देखि असार ९ सम्म सन्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्