भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु

<span class='c1'>भारतको विहारमा प्रचण्ड गर्मीका</span> <span class='c2'>कारण ७१ जनाको मृत्यु</span>

नयाँ दिल्ली । भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो । जसअनुसार औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा लूका कारण मृत्यु भएको हो । विहार सरकारले यो तथ्यांकलाई पुष्टि नगरेपनि जिल्ला अस्पतालहरुले भने यो कुराको पुष्टि गरेका छन् । राज्यका प्रधानसचिवले सबै मृत्युको घटनाको जाँच गरिएपछि मात्रै सरकारले तथ्यांक सार्वजनिक गर्ने बताए ।

राज्य सरकराले सबै मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमै ज्वरोको कारण बालबालिकाको मृत्यु हुने क्रम अझै रोकिएको छैन । विभिन्न मिडिया रिपोर्टका अनुसार शनिबार करिब २० थप बच्चाको मृत्यु भएको बीबीसीले जनाएको छ । यस खालको समस्याले करिब एक सय जनाको ज्यान गइसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्