विराटनगरमा ए डिभिजन लिग फुटबल शुरु, युनाइटेड क्लबले मोरङको विजयी सुरुआत

विराटनगरमा ए डिभिजन लिग फुटबल शुरु,  युनाइटेड क्लबले मोरङको   विजयी सुरुआत

विराटनगर, २ असार ।  विराटनगरको युनाइटेड क्लबले मोरङ जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

विराटनगरको रानी मिल्स एरियास्थित जुट मिल्सको खेल मैदानमा आइतबार सम्पन्न भएको खेलमा युनाइटेडले रमाइलो युवा परिवार क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको छ। कडा प्रतिस्पर्धाकाबीच सम्पन्न खेलमा जित हात पारेको युनाइटेडका लागि कप्तान टंकु लामाले दुई र बुद्ध बलले एक गोल गरेका थिए।

त्यसैगरि, रमाइलोले सान्त्वनाका रुपमा एक गोल फर्काएको थियो। प्रतिस्र्धात्मक खेलको दोश्रो हाफमा एक खेलाडीले रेडकार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित बनेको थियो। तथापी रमाइलो युवा परिवार क्लब खेलमा फर्कन सकेन। जित हात पारेको युनाइटेडले समूह ए मा तीन अंक बनाएको छ।

त्यसैगरि, प्रतियोगिता अन्र्तगत लेटांगमा सम्पन्न अर्को खेलमा रानी युवा क्लब र त्रिवेणी वाचनालय समान एक गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य भएका छन्। रोमाञ्चक बनेको खेलको छैठौँ मिनेटमा गोल गर्दै रानी युवा क्लबले अग्रता लिएको थियो। सुरुवातबाटै त्रिवेणीलाई दबावमा राखेको रानीका लागि विजय ढकालले गोल गरेका थिए।

यद्यपी खेलको ३० औं मिनेटमा त्रिवेणीले बराबरी गोल फर्काएको थियो। त्रिवेणीका लागि सौरव खत्रीले गोल गरेका थिए। पहिलो हाफमा दुवै टोलीले समान एक गोल गरेपछि दोश्रो हाफमा सम्हालिएर खेल अघि बढाएका थिए। यससँगै समूह सी मा रहेका दुवै टोलीले समान एक अंक बनाएका छन्।

विराटनगरको जुट मिल्स र लेटांगमा गरी दुई स्थानमा सुरु भएको जिल्ला लिगका लागि विभिन्न चार समूहमा १४ वटा क्लबको सहभागिता रहेको छ।

प्रतियोगिता अन्र्तगत सोमबार जुट मिल्समा उर्लाबारी फुटबल क्लबले मुनाल क्लबको सामना गर्नेछ। त्यसैगरि, लेटांगमा हुने खेलमा सम्राट स्पोर्टिंग्स क्लबले साइनो स्पोर्टस क्लबको सामना गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्