आजको मौसम यस्तो : हावाहुरीसहित वर्षाको सम्भावना

आजको मौसम यस्तो : हावाहुरीसहित वर्षाको सम्भावना

आज  देशका पूर्वी भूभागलगायत मध्य र पश्चिमका पहाडी भूभागमा सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली भइ पूर्वका केही  स्थानहरुमा र मध्य र पश्चिमका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आज राति देशका पूर्वी भूभागलगायत मध्य र पश्चिमका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भइ पूर्वका केही  स्थान र मध्य र पश्चिमका पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै भोलि मंगलबार देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैगरी भोलि राति देशका पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागमा सामान्य बदली रही बाँकि भूभागमा आंसिक बदली हुने  तथा मध्य र पश्चिमका केही स्थानमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको  छ ।

आउँदो बुधबारपनि दिउँसो दिनभरी सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन  तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको र बुृधबार राति देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भवना औंल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्