मोरङको पथरी जंगलमा भेटिएको शवको पहिचान खुल्यो, मृत्यूको कारण खुलेन

मोरङको पथरी जंगलमा भेटिएको शवको पहिचान खुल्यो, मृत्यूको कारण खुलेन

विराटनगर ३ असार । पथरीशनिश्चरे–२, स्थीत सुन्दर सामुदायीक वन क्षेत्रमा सोमबार मृत अवस्थामा भेटिएको शवको आज पहिचान खुलेको छ ।
सडिएको अवस्थामा जंगलमा भेटिएको शव मोरङको रतुवामाई नगरपालिका वडा नम्वर–५, वस्ने ७१ वर्षीय प्रेमप्रसाद न्यौपानेको रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुवास भट्टराई ( इस्पेक्टर ) ले जानकारी दिए ।
मृतकले लगाएको कपडा, चप्पलको आधारमा उनको परिवारले राती १० बजे मंगलबारे हस्पिटलस्थित शव गृहमा पहिचान गरेक थिए । न्यौपानेको के कारण मृत्यू भयो अझै खुल्न सकेको छैन । हत्या हो या अन्य कारण मृत्यू भएको भन्ने बारे पोष्टमार्टम रिपोर्टपछि थाहा हुने प्रहरी निरीक्षक भट्टराईले बताए ।
विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि उनको परिवार शवगृहमै गएर पहिचान गरेको थियो । मृतक न्यौपाने जेठ २८ गते बिहानदेखि मोवाइल घरमै छोडेर सम्र्पक विहीन भएको परिवारले बताएका छन् । मंगलबार शव पोष्टमाटम गरी परिवारले बुझि सकेको इस्पेक्टर भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्