कर्णाली नदीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्ष सहित १६ जना बेपत्ता

कर्णाली नदीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्ष सहित १६ जना बेपत्ता

हुम्ला, ३ असार । कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो।

जीप दु्र्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १६ जना बेपता भएको याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
खार्पुनाथ गाउँपालिका ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट आज दिउँसो १ बजे जीप दुर्घटना भएको हो। जीपमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको साहयक प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिए। घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्