सुन्दरहरैचामा प्रध्यानध्यापकद्धारा विद्यार्थीमाथी निर्घात कुटपिट गरेपछि…

<span class='c1'>सुन्दरहरैचामा प्रध्यानध्यापकद्धारा  विद्यार्थीमाथी</span> <span class='c2'>निर्घात कुटपिट गरेपछि…</span>

विराटनगर ५ असार । मोरङको सुन्दरहरैचामा रहेको बाल सदन एकेडेमीका प्रध्यानाध्यापकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । स्कुलका शिक्षक दिपक केसीले कक्षा ८मा अध्ययनरत १५ वर्षिया छात्रा सृष्टी यादवलाई कुटपिट गरेका छन ।
मंगलबार कक्षा कोठामा पढिरहेको अवस्थामा साथीहरु सग जिस्किने क्रममा पेपरमा जथाभावी शब्द लेखेको विषयलाई आधार मानेर प्रध्यानाध्यापक केसिले आमाकै अगाडि कुटेको यादवले बताएकी छिन । आफ्नी छोरी कुटेको विषयमा बुझ्न् जादा प्रध्यानाध्यापक केसीले जातपातको कुरा गरेको विधार्थीको आमा रेनुका यादवले आरोप लगाएकी छिन । उनले आफ्नो छोरीले कागजमा त्यस्तो लेख्नु गल्ती गरे पनि शिक्षकले त्यसरी कुट्नु नहुने र मानविय संवेदनशिलतालाई ख्याल गर्नु पर्ने बताईन् ।
विधालय प्रशासनलाई पटक पटक आफ्नी छोरी मुटुको विराम रहेको बताए पनि विधालयका प्रध्यानाध्यापकले विधार्थीको स्वास्थ्य स्थिती नबुझी निर्ममता पुर्वक कुटेको र आफुले त्यसमा न्याय नपाएको यादवले बताइन ।

यता प्रध्यानाध्यापक केसिले पनि आफुले बिधार्थी कुटेको तर डर देखाउनलाई त्यस्तो गरेको स्विकार गरेका छन । विधार्थी कुटपिट पश्चात उक्त घटनाको वास्तविकता बुझ्न् जादा प्रध्यानाध्यापक केसिले विधार्थीलाई खुट्टामा मात्रा कुटेको तर घर गए पछी अभिभावक ( आमा ) ले आँफै छोरीलाई कुटेको र कुटे पछी आफुलाई आरोप लगाएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्