६ वर्षिया नावालिका माथी यौन दुव्र्यवहार गरेको आरोपमा ईटहरीबाट एक व्यक्ति पक्राउ

६ वर्षिया नावालिका माथी यौन दुव्र्यवहार गरेको आरोपमा ईटहरीबाट एक व्यक्ति पक्राउ

विराटनगर , ६ असार । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ९ मा भाडामा बस्ने ६ वर्षिया एक नावालिका माथी यौन दुव्र्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

घर धनीको नाताले ज्वाँई पर्ने देवराज गौतमले उक्त नावालिकालाई यौन दुव्र्यहार गरेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यौन दुव्र्यहार गरेको आरोपमा गौतमलाई ईलाका प्रहरी कार्यालय इटहरीले शुक्रबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालयका डिएसपी समिर चन्द्र खरेलले आवर विराटनगरलाई जानकारी दिनुभयो । पक्राउ परेका गौतममाथी अनुसन्धान भईरहेको डिएसपी खरेलले बताउनुभयो । पिडित बालिकाको मेडिकल रिर्पोट आएपछि मात्र अरु कुरा बाहिर आउने खरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्