नेत्रविक्रम चन्द ‘विप्लव’ को ४ दिने आन्दोलनका कार्यक्रम घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ को ४ दिने आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं असार ६ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

 

ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव विप्लवले विज्ञप्तिमा जनाएका छन् । आन्दोलनका कार्यक्रमहरुमा चैत ७ गते प्रचार–प्रसार, चैत ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ । विज्ञप्तिमा असार ५ गते भएको पौडेल हतयकाण्डको छानविनको माग समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्