विपिको मूलगेटमा हस्तबहादुर पौडेलको शव वेवारिसे अवस्थामा फेला

विपिको मूलगेटमा हस्तबहादुर पौडेलको शव वेवारिसे अवस्थामा फेला

धरान ६ असार । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि सडक पेटिमा एक व्यक्ति मृत फेला परेका छन् ।
प्रतिष्ठानको मूलगेट अगाडि ४७ वर्षीय हस्तबहादुर पौडेलको शव वेवारिसे अवस्थामा फेला परेको हो । स्थानीयका अनुसार उनी सडक पेटीमा रहेको सिमेन्टको फलैंचामा सुतिरहेका थिए । उनी सास फेर्न गाह्रो जस्तो भएको अवस्थामा स्थानीयले भेटेका थिए।
ओपिडी कार्ड हेर्दा उनको घर सिरहा–१ लेखिएको छ । स्थानीयका अनुसार सो व्यक्ति बिहान त्यही वरिपरि हिँडिरहेका थिए । उनको शव हाल प्रतिष्ठानको मर्चरीकक्षमा राखिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर श्याम थापा मगरले अहिले प्रमाण केही नभेटिएको र ओपिडी कार्डको आधारमा अनुसन्धान थालिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्