रहेनन् विराटनगरका राजनितिज्ञ एवंम सामाजसेवी बाबुनन्दन यादव

रहेनन् विराटनगरका राजनितिज्ञ एवंम सामाजसेवी बाबुनन्दन यादव

विराटनगर ७ असार । विराटनगर १२ रानी सिकियाई नहर छेउ घर भएका राजनितीज्ञ एवंम समाजसेवी बाबुनन्दन् यादवको निधन भएको छ ।

[caption id="attachment_88303" align="alignnone" width="960"] राजनितीज्ञ समाजसेवी बाबुनन्दन् यादव[/caption]

केही दिनदेखि विरामी भएका यादवको ७२ वर्षको उमेरमा हदृयघातका कारण निधन भएको परिवार स्रोतले जनाएको छ । विरामी परेका यादवलाई अस्पताल लैजाने क्रममा बिहीबार राती बाटैमा निधन भएको परिवारजनले बताएका छन्
लामो समयदेखि राजनितीज्ञ क्षेत्रमा समेत क्रियसिल रहेर राजनितिक गरेका यादव नेपाल सद्भावना पाटी मोरङका अध्यक्ष र केन्द्रिय सदस्य समेत रहेका थिए ।
यादवले राजनितीज्ञ क्षेत्रलाई विचमा विश्राम लिएका थिए । पछि संघियसमाजवादी पाटीकामा प्रवेश गरेका थिए । उनको पार्थिव शरिरमा सघिय समाजवादी पार्टी संसदिय दल एक नम्बर प्रदेशका नेता जय राम यादवले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्याक्त गरेका थिए । यादवका ४ छोरा रहेका छन् । यादवको पार्थिव शरिरलाई उनका जेठा छोरा संजय यादवले दागवत्ती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्